Rumpum Advertisement
Dazzu

विश्वमा संक्रमित पाँच करोड ३० लाख बढी

विश्वमा संक्रमित पाँच करोड ३० लाख बढी

विराटनगर, २८ कात्तिक । विश्वमा हालसम्म पाँच करोड ३० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन छ लाख २७ हजार छ सय ३२ नयाँ बिरामी थपिएपछि जम्मा संक्रमितको संख्या पाँच करोढ ३० लाख ५९ हजार एक सय आठ पुगेको हो । विश्वमा दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डको उल्लंघन गर्ने क्रम बढेसँगै संक्रमण तीव्र रुपमा बढिरहेको हो । संगठनले कोरोना संक्रमणको अवस्था अझै भयावह बन्नसक्नेभन्दै सावधानी अपनाउन र लापरबाही नगर्न सबैमा अनुरोध गरेको छ ।

विश्वमा कोरोनाका कारण हालसम्म १२ लाख ९८ हजार चार सय ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ हजार पाँच सय १६ जना संक्रमितको ज्यान गयो । संक्रमितमध्ये तीन करोड ७१ लाख ६० हजार तीन सय १२ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोना मुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ४६ लाख तीन सय ५० संक्रमितको उपचार भइरहेकोमा ९५ हजार एक सय ३७ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या एक करोड आठ लाख ६० हजार चार सय ६९ पुगेको छ । एकै दिन एक लाख ५० हजार तीन सय २५ नयाँ बिरामी थपिए । अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या दुई लाख ४८ हजार चार सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र एक हजार ८८ जनाको मृत्यु भयो । संक्रमितमध्ये ६६ लाख ९९ हजार नौ सय ३४ जना उपचारपछि कोरोना मुक्त भएका छन् । ३९ लाख १२ हजार ४९ जना उपचाररत रहेकोमा १८ हजार सात सय ६९ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा हालसम्म ८७ लाख २७ हजार नौ सय जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ४३ हजार आठ सय ६१ नयाँ संक्रमित थपिए । ज्यान गुमाउने संख्या एक लाख २८ हजार छ सय ८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय २१ जनाको मृत्यु भयो । ८१ लाख १३ हजार तीन सय ४५ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ८५ हजार आठ सय ६९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा संक्रमितको संख्या ५७ लाख ८३ हजार छ सय ४७ पुगेको छ । एकै दिन ३४ हजार छ सय ४९ नयाँँ बिरामी थपिए । एक लाख ६४ हजार तीन सय ३२ संक्रमितको मृत्यु भइसकेको छ ।

२४ घण्टामा नौ सय २६ जनाको ज्यान गयो । ५२ लाख ५६ हजार सात सय ६७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज हुँदै घर फर्किइएका छन् । तीन लाख ६२ हजार पाँच सय ४८ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।