Rumpum Advertisement
Dazzu

विराटनगरमा २ हजार लिटर स्यानिटाइजर नष्ट

विराटनगरमा २ हजार लिटर स्यानिटाइजर नष्ट

विराटनगर, २७ कात्तिक । विराटनगरमा एक महिनाअघि जफत गरिएको २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ । अनाधिकृत रूपमा उत्पादन गरिएको पाइएपछि एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको हो ।

गुणस्तरहीन रहेको र मेथानोल मिसाइएको पाइएपछि विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर नष्ट गरिएको हो ।

औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रियासमेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो ।

यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ ।

अब उत्पादन गर्न नपाइने र बजारमा पठाइएको स्यानिटाइजरसमेत फिर्ता ल्याउने गरी मुद्दा प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।