Rumpum Advertisement
Dazzu

कार तथा मोबाइल चोरी गर्ने र किन्नेसहित चारजना पक्राउ

कार तथा मोबाइल चोरी गर्ने र किन्नेसहित चारजना पक्राउ

विराटनगर, २७ कात्तिक । इटहरीबाट कार तथा मोबाइल चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–१ पश्चिम धर्मकाटाका २० वर्षीय प्रदीप चौधरी, इटहरी–१३ का २० वर्षीय सञ्जय सरदार, सोही स्थानका १९ वर्षीय नरेश सरदार र १९ वर्षकै अविनाष सरदार रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीनिरीक्षक केशवकुमार कटवालका अनुसार उनीहरूले गत २९ असोजमा इटहरी उपमहानगरपालिका–१२ खनारस्थित पुष्पनारायण चौधरीको घरको चौथो तल्लामा रहेको कोठामा प्रवेश गरी चार्जमा राखिएको मोबायल र विभिन्न बैकका एटीएम कार्डहरू रहेको पर्स र बा ९ च ३४०३ न. को कारको साँचोसमेत निकाली सो कार अनि कारभित्र रहेको ल्यापटप चोरी गरेका थिए ।

सोही समूहले १६ कात्तिकमा इटहरी–१३ खनारकै सद्दाम हुसेनको घरबाट दुईवटा मोबाइलसहित ४ हजार ६ सय नगदसमेत चोरी गरेका थिए । अनुसन्धानपछि घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीले ३० असोजमा उर्लावारी नगरपालिका–३ नयाँ मंगलबारेमा वेवारिसे अवस्थामा चोरी भएको कार फेला पारेको थियो ।

यसैगरी २३ कात्तिकमा घटनामा संलग्न रहेका प्रदीप चौधरीलाई इटहरी–.१२ का अविनाष सरदारको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका सरदारको शरीर खानतलासी गर्दा पुष्पनारायण चौधरीको घरबाट चोरी भएका मोबाइल र पर्स बरामख भएको थियो ।

त्यसपछि प्रहरीले प्रदीपका साथै संरक्षण दिने अविनाषलाई पनि पक्राउ गरेको थियो । यसैगरी खनारका सद्दाम हुसेनको घरबाट चोरी भएको मोबाइल खरिद गर्ने इटहरी–१३ का नरेश सरदार र सञ्जय सरदारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ