Rumpum Advertisement
Dazzu

मल कारखाना स्थापना गर्न मन्त्रीसहितको तीन सदस्यीय समिति गठन

मल कारखाना स्थापना गर्न मन्त्रीसहितको तीन सदस्यीय समिति गठन

काठमाडाैं, २७ कात्तिक । सरकारले मल कारखाना स्थापनाका लागि मन्त्रीसहितको तीन सदस्यीय समिति भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मल कारखाना स्थापना गर्न मन्त्रीसहितको तीन सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

उनका अनुसार अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीसहितको तीन सदस्य रहेको समितिले अध्ययन गर्ने भएको छ । बंग्लादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ । 

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ