Rumpum Advertisement

सरकारले दियो खेलकुदका प्रशिक्षणहरू सुरु गर्न अनुमति

सरकारले दियो खेलकुदका प्रशिक्षणहरू सुरु गर्न अनुमति

काठमाडाैं, २७ कात्तिक । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरू गर्न अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुदका प्रशिक्षणहरू सुरु गर्न अनुमति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरूको अन्तर्राष्टियस्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो ।

यस्तै मैत्रीपूर्ण खेलहरू आयोजना गर्न, स्थगित रहेका फटलब डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षणलगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ