Rumpum Advertisement
Dazzu

देउसी-भैलो नखेल्न प्रशासनको अनुरोध

देउसी-भैलो नखेल्न प्रशासनको अनुरोध

विराटनगर, २७ कात्तिक । कोरोना महामारी त्रास भएकाले दीपावलीमा देउसी-भैलाे नखेल्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । जोखिम उच्च भएकाले जिल्ला प्रशासन कार्यालयले देउसी-भैलो नखेल्न अनुरोध गरेको हो ।

प्रशासनले दीपावली र छठ पर्वमा हुने साँस्कृतिक तथा सामाजिक कार्यक्रम र भीडभाड नगर्न पनि नगर्न अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण विस्तार हुँदै गएको अवस्थामा चाडपर्वमा भीडभाड हुनेगरी पूजापाठ, भजन–कीर्तन जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणमा अपिल गरेको  छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सार्वजनिक सूचनामा दीपावलीको देउसी तथा छठ पर्वमा विभिन्न जलासयमा भेला र भीडभाड नगरिदिन अपिल गरिएको छ ।