Rumpum Advertisement
Dazzu

कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्न अध्यादेश : मन्त्री ढकाल

कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्न अध्यादेश : मन्त्री ढकाल

विराटनगर, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको भ्याक्सिन तयार हुनेबित्तिकै खरिद गर्ने बताएका छन् । कोरोना प्रभाव नियन्त्रणका लागि विश्व बजारमा प्रभावकारी भ्याक्सिन तयार हुनेबित्तिकै खरिद गर्ने बताएका हुन् ।

विश्व बजारमा भ्याक्सिन तयार हुनेबित्तिककै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको उनले बताए ।

बिहीबार विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको निरीक्षण गर्दै मन्त्री ढकालले भ्यासिन आयात गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् ।

औषधि उत्पादन गरिने राष्ट्रहरूले भ्यासिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अड्चनहरू हटाउनका निम्ती अत्याधेश तयार गरिएको जानकारी दिए ।

अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । मन्त्री ढकालले भ्यासिनको आवश्यक व्यवस्थाको निम्ति राज्यकोतर्फबाट पहल गरिने बताए ।

भौतिक संरचनाको अभवा र यसलाई स्तरीय बनाउन वर्तमान सरकारले ६ हजार २ सय २ बेड अस्पतालमा थप गरिएको उनले जानकारी दिए ।

‘संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक भेन्टिलेटर र अक्सिजन पनि थपिने काम भएको छ,’ मन्त्री ढकालले भने, ‘आइसियू र भेन्टिलेटरमा जानुभन्दा पहिले उपचारको निम्ति आवश्यक पर्ने अक्सिजन हो । कोरोनाको औषधि र भ्याक्सिन आइनसकेकोले अहिले आवश्यक पर्ने अक्सिनजसहितको बेड विस्तारमा सरकार लागिपरेको छ ।’

सरकारले देशभरि ३ हजार ५ सय अक्सिजनसहितको बेड थपिएको मन्त्री ढकालले बताए । जसमध्ये उपत्यकमा २ हजार र १ हजार ५ सय अन्य जिल्लाहरूमा छन् ।

यसमा प्रदेश सरकार र नागरिक समाजले पनि भूमिका खेल्दै आएको मन्त्री ढकालले बताए । मन्त्री ढकालले कोशी अस्पतालको निरीक्षण गर्दै अस्पताललाई प्रदेश १ को नमूना अस्पतालको रूपमा विकास गरिने बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ