Rumpum Advertisement
Dazzu

प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा हुने

प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा हुने

काठमाडाैं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ ।

२०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।