Rumpum Advertisement
Dazzu

प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ६६२ जनाका संक्रमित कोरोनामुक्त भएका हुन् ।

होम आइसोलेशनबाट ५७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आइसोलेशन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आइसोलेशन र कालि सदन आइसोलेशन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेशनबाट २–२, कोभिड १९ आइसोलेशन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र बी जनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ ।

प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनवर्षीमा २, धनपालथान, सुन्दरहरैँचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माइजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।

प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।