Rumpum Advertisement
Dazzu

एपेन्डिसाइटिसका लक्षण र यससँग जोडिएका केही भ्रम र तथ्य

एपेन्डिसाइटिसका लक्षण र यससँग जोडिएका केही भ्रम र तथ्य

विराटनगर, २७ कात्तिक । संक्रमणको परिणाम स्वरूप शरीरमा एपेन्डिक्स फुल्न सक्छ । एपेन्डिक्स फुलेपछि यो ब्लक हुन्छ । दिसा, कुनै बाहिरी तत्व वा क्यान्सरको परिणामका कारण पनि एपेन्डिसाइटिस हुन सक्छ । सुन्निएको एपेन्डिक्सलाई चिकित्सकीय रूपमा एपेन्डिसाइटिस भनिन्छ ।

एपेन्डिसाइटिस भएका देखिने लक्षणः

  • पेटको दायाँ तल्लो भागमा दुखाइ
  • दुखाइ अत्याधिक बढ्दै जाने
  • वान्ता आउन सक्ने, वाकवाकी
  • पेट सुन्निने
  • ज्वरो
  • ग्यास निष्काशन गर्न गाह्रो हुने
  • खोक हराउने
  • कब्ज
  • ऐंठन

यदि माथिका कुनै पनि लक्षण देखापरेमा सकेसम्म चाँडो चिकित्सकको सल्लाह लिनुपर्छ ।

एपेन्डिसाइटिसको उपचार गर्ने सबैभन्दा सामान्य तरिका भनेको शल्यक्रियाको माध्यमबाट हुने हुन्छ ।

एपेन्डिसाइटिसले प्रायः १० देखि ३० वर्ष उमेरका मानिसलाई असर गर्छ । यसको लागि शीघ्र शल्यक्रिया आवश्यक पर्दछ जहाँ फुलेको एपेन्डिक्स हटाइन्छ । यदि शल्यक्रिया समयमा गर्न नसके एपेन्डिसाइटिस घातक पनि हुन सक्छ ।

एपेन्डिसाइटिससँग जोडिएका केहि भ्रम र तिनका तथ्यः

भ्रम: खाना खाएपछि व्यायाम गर्दा एपेन्डिसाइटिस हुन्छ।
तथ्य: एपेन्डिसाइटिस भोजनपछि व्यायामको एक प्रभावको रूपमा पैदा भएको हुँदैन । एपेन्डिसाइटिस दिसा वा कुनै बाहिरी तत्वका कारण एपेन्डिक्स ब्लक भएमा हुने हुन्छ ।

भ्रम: साना बीउ भएको तरकारी वा फलफूलको सेवन गरे एपेन्डिसाइटिस हुन्छ ।
तथ्य: एपेन्डिक्स सुरु हुने बाटो बीउभन्दा ठूलो हुन्छ त्यसैले साना बीउहरूले एपेन्डिक्स मार्ग रोक्न र एपेन्डिसाइटिस निम्त्याउन असम्भव छन् ।