Rumpum Advertisement
Dazzu

यसकारण रोनाल्डो बेन्चमा

यसकारण रोनाल्डो बेन्चमा

विराटनगर, २७ कात्तिक । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एन्डोरासँगको मैत्रीपूर्ण खेलमा बेन्चमा बसेका थिए । पहिलो हाफभरि बेन्चमा रहेका रोनाल्डो ४६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

मैदान प्रवेश गरेको दस मिनेटमै रोनाल्डोले रेनाटो सान्चेसको गोलमा पास मिलाए । र, ८५औं मिनेटमा गोल गरे । सो खेलमा पोर्चुगलले एन्डोरामाथि ७–० गोलको फराकिलो जित निकालेको थियो ।

यस्तैमा रोनाल्डोलाई पहिलो हाफभरि बेन्चमा राखिएपछि प्रशिक्षक फर्नान्डो सान्टोसको आलोचना भएको थियो । सर्वाधिक गोलकर्ता बन्ने होडमा रहेका रोनाल्डोलाई पूरा खेल अवधिभरि खेलाउनुपर्ने मागसहित उनको आलोचना भएको थियो ।

रोनाल्डोले पोर्चुगलबाट १०२औं गोल गरेका छन् । अब उनलाई अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न मात्र ८ गोलको खाँचो छ ।

इन्टरनेशनल गोल गर्ने खेलाडीको सूचीमा इरानका फरवार्ड अली डाइ सबैभन्दा अगाडि छन् । उनले १०९ गोल गरेका छन् । २३ अगस्ट २००३ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका रोनाल्डोले पोर्चुगलका लागि १६८ खेल खेलेका छन् ।

यस्तैमा प्रशिक्षक सान्टोसले रोनाल्डोलाई बेन्चमा राख्नुको कारण खुलाएका छन् । सान्टोसले हालैमात्र कोरोना जितेर आएका कारण उनलाई पर्याप्त आराम चाहिएको बताउँदै रोनाल्डोलाई बेन्चमा राखिएको बताए ।

‘क्रिस्टियानो रोनाल्डोले एन्डोराविरुद्ध खेल्नुपर्थ्यो, गोल गरेर रेकर्ड तोड्नका लागि । तर, रोनाल्डोलाई सर्वाधिक गोलकर्ता बन्नका लागि एन्डोरासँग खेल्न आवश्यक थिएन । किनकि उनी त्यतिकै पनि रेकर्डधारी छन्’, उनले भने ।

‘उनी वैकल्पिक खेलाडीका रूपमा मैदान आए र पर्याप्त खेले । तर, जति खेले उत्कृष्ट खेले । उनी त्यस्ता खेलाडी हुन्, जसलाई खेल प्रतिस्पर्धात्मक बनाउन मात्र केही मिनेट लाग्छ । मलाई लाग्दैन कि यस खेलको सुरुआतमै उनलाई राख्नु ठीक हो,’ उनले थपे ।

यसैगरी सान्टोसले रोनाल्डोको खेल्ने चाहना तीब्र भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ