Rumpum Advertisement
Dazzu

आज थप १५ संक्रमितको मृत्यु

आज थप १५ संक्रमितको मृत्यु

विराटनगर, २७ कात्तिक । नेपालमा बिहीबार थप १५ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाबाट ज्यान गएको हो ।

यससँगै मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

बिहीबार थप २३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।