Rumpum Advertisement
Dazzu

बिहीबार थप १९ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि

बिहीबार थप १९ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि

विराटनगर, २७ कात्तिक । नेपालमा बिहीबार थप १९ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

बिहीबार थप २३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ । आज १५ जनाको कोरोनाबाट ज्यान गएकाे मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ