Rumpum Advertisement
Dazzu

आज २३ सय ४९ जनाले जिते कोरोना

आज २३ सय ४९ जनाले जिते कोरोना

विराटनगर, २७ कात्तिक । बिहीबार थप २३ सय ४९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।

बिहीबार थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ । आज १५ जनाको कोरोनाबाट ज्यान गएकाे मन्त्रालयले जनाएको छ ।