Rumpum Advertisement
Dazzu

राजा फर्काउन माग गर्दै विराटनगरमा प्रदर्शन

राजा फर्काउन माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, २७ कात्तिक । राजासंस्था फर्काउन माग गर्दै समर्थकले विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । बिहीबार राजसंस्था फर्काउन माग गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वमा रहेका दुई तिहाई बहुमत प्राप्त सरकार र पार्टी आन्तरिक विवादमा फसेका बेला राजाबादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन ।

र्‍यालीमा सहभागि हुन झापा, सुनसरी, माेरङलगायत विभिन्न स्थानबाट पूर्व राजा ज्ञानेन्द्र साहका समर्थक आएका थिए ।

राजावादीहरुले केही दिन अघि राजसंस्था फर्काउन माग गर्दै बुटवलमा पनि मोटरसाइकल र्‍याली निकालेका थिए ।