Rumpum Advertisement

फ्रान्सले फिनल्याण्डसँगको अप्रत्याशित हारबाट पाठ सिक्नुपर्छ : ग्रिजम्यान

फ्रान्सले फिनल्याण्डसँगको अप्रत्याशित हारबाट पाठ सिक्नुपर्छ : ग्रिजम्यान

विराटनगर, २७ कात्तिक । विश्वकप विजेता फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यानले फिनल्याण्डसँगको अप्रत्याशित हारबाट फ्रान्सले पाठ सिक्नुपर्ने बताएका छन् ।

बुधबार राति फिनल्याण्डसँग आफ्नै मैदानमा पराजित भएपछि ग्रिजम्यानले फ्रान्सले सो हारबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।

गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत फ्रान्सले फिनल्याण्डसँग फ्रान्स २–० गोलको हार ब्यहोरेको थियो । फ्रान्सको मैदानमा फिनल्याण्डलाई जिताउन मार्कुस फ्रोर्स र ओन्नी भलाकारीले समान १–१ गोल गरे ।

पराजयसँगै फ्रान्सले १२ खेलपछि पहिलोपल्ट हार ब्यहोर्न बाध्य भयो ।

‘मार्कुस थुरामसँग २ वा तीन अवसरहरू थिए । यदि, थुरामले सो अवसरलाई गोलमा परिणत गरेका भए, नतिजा अर्कै हुनेथियो । हामीले के गलत गरेका छौं भन्ने कुरा बुझ्न जरुरी छ र शनिबारको खेलमा सुधार गर्न जरुरी छ । फिनल्याण्डसँगको खेलबाट फ्रान्सले पाठ सिक्नुपर्छ’, ग्रिजम्यानले भने ।

फ्रान्सले शनिबार नेशन्स लिगअन्तर्गत पोर्चुगलको सामना गर्दैछ । पोर्चुगलको मैदानमा हुने सो खेल नेपाली समयानुसार राति १ः३० बजे हुनेछ ।

नेशन्स लिगमा साविकको विजेता पोर्चुगल १० अंकसहित शीर्ष स्थानमा छ भने समान अंक भएको फ्रान्स दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ