Rumpum Advertisement
Dazzu

विश्वकप छनौट : अर्जेन्टिना र पराग्वे प्रतिस्पर्धामा

विश्वकप छनौट : अर्जेन्टिना र पराग्वे प्रतिस्पर्धामा

विराटनगर, २७ कात्तिक । सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ शुक्रबार बिहान अर्जेन्टिनाले पराग्वेसँग खेल्दैछ । नेपाली समयअनुसार भोलि बिहान ५:४५ बजे हुने सो खेल अर्जेन्टिनाको मैदानमा हुनेछ ।

ला बोम्बोनेरामा हुने सो खेलमा अर्जेन्टिना लगातार तेस्रो जितको खोजीमा छ । यसअघि अर्जेन्टिनाले पहिलो खेलमा इक्वाडरलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा बोलिभियामाथि २–१ गोलको जित निकालेको थियो ।

अर्जेन्टिना छनौट चरणको दोस्रो स्थानमा छ, समान अंक भएको ब्राजिल गोलान्तरको आधारमा शीर्ष स्थानमा छ । यता, पराग्वे भने ४ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी राति १ः४५ बजे हुने अर्को खेलमा बोलिया र इक्वाडरले खेल्दैछन् । बोलिभियाको मैदानमा हुने सो खेल घरेलु टोली पहिलो जितको खोजीमा छ । उसले सुरुआती दुवै खेलमा हार ब्यहोरेको छ । इक्वाडर भने ३ अंकका साथ पाँचौं स्थानमा छ ।