Rumpum Advertisement
Dazzu

महिलाले तौल घटाउनका लागि समावेश गर्नुपर्छ यी ८ आहार

महिलाले तौल घटाउनका लागि समावेश गर्नुपर्छ यी ८ आहार

विराटनगर, २७ कात्तिक । केही खास फलफूल र सब्जीको सेवनले महिलालाई तौल छिटो घटाउन गर्न मद्दत गर्ने देखाएको छ ।

जर्नल न्युट्रियन्ट्समा प्रकाशित एक अध्ययनका अनुसार स्वस्थ तरिकाले तौल कम गर्न र फिट रहनका लागि यी आहारलाई दैनिक खानामा थप्नुपर्छ ।

काउली : काउली क्यालोरीमा कम हुने हुँदा यो चामल र पिठो जस्तै उच्च क्यालोरी खानाको विकल्प हुन सक्छ । एक कप काउलीमा केवल २५ क्यालोरी हुन्छ । तौल घटाउनका लागि काउली ३३ देखि ५१ वर्ष बीचका महिलाका लागि सबैभन्दा उत्तम तरकारी हो ।

सिमी : एक कप सिमीमा ३१ क्यालोरी, नो फ्याट र केवल ३.६ ग्राम चिनी हुन्छ । सिमीमा भिटामिन सी, के, ए, क्यारोटीनोइड्स, एन्टिक्सीडन्ट्स, र फाइबर प्रशस्त मात्रमा भरिएको हुन्छ । यो ४६ देखि ५१ उमेर समूहका महिलाका लागि तौल घटाउने सर्वश्रेष्ठ खाना हो ।

गाँजर : गाँजर, अर्को कम क्यालोरी खाना हो जुन तौल घटाउने सोच बनाएका महिलाले आफ्नो आहारमा थप्नुपर्छ । फाइबर तथा बिटा क्यारोटिन उच्च हुने गाँजरलाई तरकारी, सुप, जुस, सलाद वा विभिन्न तरिकामा सेवन गर्न सकिन्छ । गाँजरले बोसो पगालेर तौल घटाउन सहयोग गर्छ ।

हरियो सागपात : तौल घटाउनका लागि हरियो सागपात एकदम महत्वपूर्ण हुन्छ । सागपातमा हुने प्रशस्त पोषक तत्व, फाइबर र कम क्यालोरीले तृप्ति बढाउन र अस्वस्थ खान मन लाग्ने बानी रोक्न मद्दत गर्न सक्छ ।

ब्रोकाउली : ३३ देखि ४० वर्ष उमेरका महिलाका लागि ब्रोकाउली निरन्तर तौल घटाउनका लागि सबभन्दा महत्वपूर्ण तरकारी हो । यो हरियो तरकारी कार्बको एक राम्रो स्रोत हो जुन फाइबरमा उच्च हुन्छ । यो तरकारी प्रत्येक दिन सेवन गर्नाले कब्ज र अत्यधिक खानबाट बच्न सकिन्छ ।

स्याउ र नासपाती : दुबै स्याउ र नासपाती तौल घटाउनका लागि शीर्ष पाँच उत्तम फलमा गनिन्छ । दुबै फाइबरले भरिएका छन् । यसबाहेक, यसमा क्यालोरी अत्यन्त कम हुन्छ, जसले यी दुई फललाई उत्कृष्ट तौल घटाउने फल बनाउँछ ।

स्ट्रबेरी : भिटामिन सी, पोटेसियम र फाइबरयुक्त, स्ट्रबेरी अर्को उत्कृष्ट तौल घटाउने फल हो । १ कप काटिएको स्ट्रबेरीको सेवन गरेर, भिटामिन सीको १ सय ६३ प्रतिशत दैनिक खुराक प्राप्त गर्न सकिन्छ । यसबाहेक एन्टीआक्सिडन्टमा धनी हुने स्ट्रबेरीमा क्यालोरी मात्रा पनि कम हुन्छ ।