Rumpum Advertisement

कामको तनावले मस्तिष्कलाई वृद्ध र मेमोरी कमजोर बनाउने

कामको तनावले मस्तिष्कलाई वृद्ध र मेमोरी कमजोर बनाउने

विराटनगर, २७ कात्तिक । कुनै पनि काममा शारीरिक तनावले द्रुत गतिमा मस्तिष्कलाई वृद्ध बनाउने र कमजोर मेमोरीसँग सम्बन्धित हुन सक्ने अध्ययनले देखाएको छ ।

मानव विकास तथा परिवार अध्ययन विभागका सहायक प्राध्यापक आगा बुर्जेंस्का र उनको अनुसन्धान टोलीले ६० देखि ७९ वर्षको उमेरका ९९ जना सामान्य वयस्कमा मस्तिष्कको व्यावसायिक सर्वेक्षण गरेका थिए । काममा धेरै शारीरिक तनाव रिपोर्ट गर्नेहरूमा हिप्पोक्याम्पसको खण्ड सानो र मेमोरी कार्यसमेत कमजोर रहेको पाइयो ।

हिप्पोक्याम्पस मस्तिष्कको त्यो अंश हो जुन मेमोरीका लागि महत्वपूर्ण हुन्छ र यसले सामान्य बुढेसकाल र डिमेन्सिया दुवैमा असर गर्छ । ‘तनावले शारीरिक बुढ्यौलीलाई गति दिन सक्छ र यो धेरै पुरानो रोगहरूको जोखिमको कारक हो,’ बुर्जेंस्काले भनिन्, ‘तर, पेशागत तनावले दिमाग र संज्ञानात्मक वृद्धावस्थामा कमी ल्याउन सक्छ, यो पहिलो प्रमाण हो ।’

एक औसत कामदारले हरेक हप्ता दिनमा काममा आठ घण्टाभन्दा बढी खर्च गर्छ र अधिकांश व्यक्तिहरू ४० वर्षभन्दा बढी काममा रहन्छन् । व्यावसायिक एक्स्पोजरका कारण हामीले बुढेसकालमा दिमाग र मेमोरीलाई सुरक्षित राख्ने सामाजिक, संज्ञानात्मक, शारीरिक गतिविधिमा र फुर्सदको समय गुमाउने गर्छौ ।

फुर्सदको समयमा एरोबिक व्यायामले बच्चादेखि बुढेसकालसम्म मस्तिष्कको स्वास्थ्य र मेमोरीका लागि लाभदायक हुने हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ