Rumpum Advertisement
Dazzu

बुफनको रेकर्डसँग रामोसको बराबरी

बुफनको रेकर्डसँग रामोसको बराबरी

विराटनगर, २७ कात्तिक । स्पेनका कप्तान सर्जियो रामोसले इटालियन गोलरक्षक जियानलुइगी बुफनको कीर्तिमानसँग बराबरी गरेका छन् । बुधबार राति नेदरल्याण्ड्सविरुद्धको खेल खेल्दै डिफेन्डर रामोसले बुफनको रेकर्डसँग बराबरी गरेका हुन् ।

गएराति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत स्पेनले नेदरल्याण्ड्ससँग १–१ गोलको बराबरी खेलेकाे थियो । नेदरल्याण्ड्सको मैदान भएको खेलमा स्पेनका लागि सर्जियो क्यानल्सले र नेदरल्याण्ड्सका लागि डोनी भान डी बीकले गोल गरेका थिए ।

उक्त खेल रामोसको १७६औं खेल थियो । सो खेलसँगै रामोसले बुफनले बनाएको युरोपियन मुलुकका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने खेलाडीको रेकर्डसँग बराबरी गरेका हुन् ।

इटालियन क्लब युभेन्टसका गोलरक्षक बुफनले मार्च २०१८ मा यो कीर्तिमान बनाएका थिए ।

३४ वर्षीय रामोस नेदरल्याण्ड्ससँगको खेलमा ८५औं मिनेटमा मैदान प्रवेश गरेका थिए । रामोसले मार्च २००५ मा चीनविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । उनले राष्ट्रिय टोलीबाट ३१ गोल गरेका छन् ।

https://twitter.com/OptaJose/status/1326640639711334406?s=20