Rumpum Advertisement

महासंघकाे केन्द्रीय सदस्यका लागि राउतको उम्मेद्वारी

महासंघकाे केन्द्रीय सदस्यका लागि  राउतको उम्मेद्वारी

विराटनगर, २७ कात्तिक । नेपाल उद्योग बार्णिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी राजेन्द्र राउतले उम्मेद्वारी दिएका छन् ।

महासंघको प्रदेश १ उपाध्यक्ष समेत रहेका राउतले प्रदेश १ बाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन ।

महासंघको मंसिर ११– १३ केन्द्रीय अधिवेशन हुँदैछ ।

महासंघमा सातवटै प्रदेशबाट १–१ जना केन्द्रीय सदस्य (प्रदेश) रहने प्रावधान छ । मोरङ व्यापार संघको तर्फबाट राउतले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन ।

माेरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका राउत सामाजिक क्षेत्रमा पनि सक्रय छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था भएका कारण शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने छन् । बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ