Rumpum Advertisement
Dazzu

छायाङ्कनको अनुमति दिन आग्रह

छायाङ्कनको अनुमति दिन आग्रह

काठमाडौ, २७ कात्तिक । नेपाल चलचित्र निर्माता संघले तिहा लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो ।

लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए । सरकारले चलचित्र क्षेत्रलाई नाँच्ने, गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महसुस आफूहरुलाई भएको उनले बताए ।

चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभुषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताए । अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्षरुपमा ३५ हजार र यस क्षेत्रमा आश्रित एक लाख ७५ हजारभन्दा बढी व्यक्ति बेरोजगार बसेको उनले बताए ।

धेरै समय उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलायन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

अहिले लकडाउन खुकुलो भए पनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ