Rumpum Advertisement
Dazzu

नागिन रुपमा यस्तो देखिइन् श्रद्धा कपुर

नागिन रुपमा यस्तो देखिइन् श्रद्धा कपुर

विराटनगर, २७ कात्तिक । केही साताअघि मात्र बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर छिट्टै एक फिल्ममा इच्छाधारी नागिनको भूमिका निर्वाह गर्ने खबर सार्वजनिक भएको थियो ।

ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो समाजिक सञ्जालमार्फत् श्रद्धा कपुर एक इच्छाधारी नागिनको भूमिकामा देखिन लागेको जानकारी गराएका थिए । श्रद्धाले आफ्नो नागिन अवतारको फरक–फरक तस्बिर सार्वजनिक गरेकी छन् । श्रद्धाले आफ्नो इस्टाग्राममार्फत् फोटो शेयर गरेकी हुन् ।

ती फोटो उनका फ्यानले बनाएका हुन् । फोटो सार्वजनिक गर्दै केही उत्कृष्ट र कलाकृति र सम्पादन सार्वजनिक गर्दै फिल्म ‘नागिन’का लागि धेरै प्रयास र प्रेमको साथ सिर्जना गर्नु सबैलाई धेरै–धेरै धन्यवाद दिएकी छिन् । श्रद्धाका विभिन्न नागिन लुक्सलाई फ्यानहरूले धेरै मन पराएका छन् । उनले अभिनय गर्ने फिल्मको नाम नागिन राखिएको छ ।

फिल्मलाई निर्देशक विशाल फुरियाले निर्देशन गर्ने भएका छन् भने निखिल द्विवेदीले फिल्म निर्माण गर्दै छन् । फिल्मलाई तीन भागको सिरिजको रुपमा रिलिज गरिनेछ ।