Rumpum Advertisement
Dazzu

संक्रमण भएको ५ देखि १० दिन अति महत्वपूर्ण

संक्रमण भएको ५ देखि १० दिन अति महत्वपूर्ण

विराटनगर, २७ कात्तिक । कोभिडले प्रत्येक व्यक्तिमा विभिन्न, अप्रत्यासित लक्षण प्रस्तुत गर्छ ।

लक्षण भएका व्यक्तिले संक्रमणको सुरू भएको पहिलो केही दिनमा भाइरल वा फ्लू जस्तो रोगबाट ग्रसित भएको जस्तो महसुस गर्छन् । संक्रमणको सुरुका दिन संक्रमित धेरै हल्का लक्षण वा एसिम्प्टोमेटिक पनि हुन्छन् । संक्रमण भएको ५ देखि १० दिन अति महत्वपूर्ण हुन्छ । किनभने केवल ५ देखि १० दिनभित्र संक्रमणको वास्तविक गम्भीरता निर्धारण गर्न सकिन्छ ।

धेरै व्यक्तिमा शरीरमा भित्र भाइरस इन्क्युबेट गरेको २ देखि ३ दिनपछि लक्षण देखिन थाल्छ । संक्रमणको पहिलो भाग भाइरल प्रतिक्रिया हो, जसकारण प्रायः सबै मानिसलाई यो भाइरल ज्वरो जस्तो लाग्छ । दोस्रो चरणमा मात्र प्रतिरक्षा प्रणालीले काम गर्न सुरु गर्छ । रोग प्रतिरोधात्मक प्रणालीले एन्टिबडी उत्पादन गर्छ । कहिलेकाहीँ यो बढी उत्पन्न हुने हुँदा बिग्रने अवस्था निम्त्याउँछ ।

यो ७ देखि १० दिनभित्र हुन सक्छ जुन धेरै व्यक्तिका लागि वास्तविक कोभिडको लडाइँ सुरु हुन्छ । ५–१० दिनमा धेरै व्यक्ति लक्षणको दोस्रो छालबाट ग्रस्त हुन्छन्, जुन बढी गम्भीर हुन सक्छ । प्रायः संक्रमित व्यक्तिले एक हप्ताको समय (वा १० दिन)मा लक्षण हराएको र निको हुने बाटोतर्फ हुन सक्छन् । यो सामान्यतया संक्रमण भएपछि हल्का वा मध्यम प्रकारका लक्षण देखिएकोमा हुन्छ ।

गम्भीर संक्रमणबाट पीडित हुनका लागि, पाँच दिनदेखि १० दिनभित्र वास्तविक समस्या अनुभव हुनेछ । संक्रमितले संक्रमणको सुरुका दिनरूभन्दा धेरै फरक महसुस गर्न सक्छ । केही बिरामीले लक्षण निको हुँदै गएको महसुस गर्न सक्छन् । तर, राम्ररी निको हुनुअघि लक्षणको दोस्रो छाल फर्किन सक्छ ।

गम्भीर लक्षण नभएका तथा भएका लक्षण १० दिनपछि घट्दै गरेको देखेमा र स्वास्थ्यकर रूपमा सुधार भइरहेको मानिन्छ । तर, यस्तो नभएमा जटिलताबाट ग्रस्त हुन सक्ने सम्भावना हुने देखिन्छ । संक्रमण भएको एक हप्तापछि बढ्ने गम्भीर लक्षणका कारण बुढापाका, मधुमेह, रक्तचाप तथा स्वास्थ्य समस्याबाट पीडित सबैभन्दा धेरै प्रभावित हुन सक्छन् ।

केही अवस्थामा, जटिलताबाट पीडित हुन सक्ने युवा संक्रमितमा १२–१४ दिनपछि सम्भावित खराब लक्षण देखिन सक्छ । शरीरमा दुखाइ, थकान, खोकी जस्ता लक्षण लामो अवधिसम्म रहन सक्छ । बिरामीले श्वासप्रश्वासका लक्षण खराब हुदै गरेको महसुस गर्न सक्छन् । साथै, सासको कमी, छाती दुख्ने, असुविधा, भारीपन, मानसिक पतनका लक्षण, कन्फ्युजन, पनि हुन सक्छ ।

रगतमा अक्सिजनको स्तर कम हुने पनि हाइपोक्सिया दोस्रो सातामा सामान्यतया अनुभव हुने समस्या हो । चिन्ताको कारणमा पर्ने अर्को लक्षण ज्वरो हो । कोभिड बिरामी हल्का ज्वरोबाट पीडित हुने देखिन्छ । तर, यदि तापक्रम ९ वा १० दिनसम्म घट्दैन भने, यो निमोनिया वा रगतको संक्रमणको संकेतमा परिणत हुन सक्छ ।