Rumpum Advertisement

मृत चितुवा फेला

मृत चितुवा फेला

गोरखा, २७ कात्तिक । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो ।

स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्यालयमा आज ल्याइएको प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।

‘वयस्क पोथी चितुवा कसरी मर्‍यो भन्ने यकिन नै त भइसकेको छैन, घटनाको प्रकृति हेर्दा दुईवटा चितुवा जुधेर एउटा मरेको हुन सक्ने देखिएको छ’, उनले भने । मृत चितवाको शरीरमा चिथोरिएको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ थियो ।

मृत चितुवाको अवस्था हेर्दा दुई दिनअघि मरेको हुन सक्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । पछिल्लो समय जिल्लाभित्र चितुवा मृतावस्थामा भेटिने क्रम बढेको छ । गत भदौमा पनि आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ