Rumpum Advertisement
Dazzu

१८ वर्षीया युवतीको गोली हानी हत्या

१८ वर्षीया युवतीको गोली हानी हत्या

विराटनगर, २७ कात्तिक । अज्ञात समूहको गोली लागी रौतहटमा १८ वर्षीया युवतीको मृत्यु भएको छ । गएराति माधवनारायण नगरपालिका–७, लौकाहाकी १७ वर्षीया अमृता कुमारीको अज्ञात समूहले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र हालसम्म कोही पक्राउ नपरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाईले जानकारी दिए ।

गत वर्षको फागुनमा मात्रै विवाह गरेकी अमृता सम्बन्धबिच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन् । विवाहित उनले हत्या प्रेम सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।