Rumpum Advertisement
Dazzu

जर्मनीको साँघुरो जित

जर्मनीको साँघुरो जित

विराटनगर, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले चेक रिपब्ल्किमाथि १–० गोलको साँघुरो जित निकालेको हो ।

जर्मनीको मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन लुका वाल्डस्किमिडले निर्णायक गोल गरे । खेलको १३औं मिनेटमा उनले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो ।