Rumpum Advertisement
Dazzu

ट्रकमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

ट्रकमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

विराटनगर, २७ कात्तिक । पार्किङ गरेर राखको एउटा ट्रकमा अर्को ठोक्किएर काठमाडौंको कलंकीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिएको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छछ । दुर्घटनामा ठक्कर दिने ट्रकमा सवार रहेका तीन जनाको ज्यान गएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले जानकारी दिए । दुर्घटनामा घाइते भएका तीनै जनाको कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइते भएका छन् । उनको उपचार जारी छ ।

प्रहरीले दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।