Rumpum Advertisement
Dazzu

फिनल्याण्डसँग फ्रान्स स्तब्ध

फिनल्याण्डसँग फ्रान्स स्तब्ध

विराटनगर, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स पराजित भएको छ । बुधबार राति भएको खेलमा फिनल्याण्डसँग फ्रान्स २–० गोलले पराजित भएको हो ।

फ्रान्सको मैदानमा फिनल्याण्डलाई जिताउन मार्कुस फ्रोर्स र ओन्नी भलाकारीले समान १–१ गोल गरे । खेलको २८औं मिनेटमा फार्सले गोल गर्दै फिनल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा भलाकारीले गोल गर्दै फिनल्याण्डको अग्रता दोब्बर बनाए । र, बाँकी समयमा गोल हुन नसकेपछि फ्रान्स आफ्नै मैदानमा फिनल्याण्डसँग स्तब्ध भएको हो ।