Rumpum Advertisement
Dazzu

बलात्कारमा दोषी ठहर व्यक्ति १३ वर्षपछि पक्राउ

बलात्कारमा दोषी ठहर व्यक्ति १३ वर्षपछि पक्राउ

उदयपुर, २७ कात्तिक । जबरजस्ती करणी (बलात्कार) मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले विसं २०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

तर उनी १३ वर्षपछि पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा राउतलाई हँडियाको एक स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले बताए । इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गोप्य सूचनाको आधारमा राउतलाई लुकिरहेको अवस्थामा पक्राउ गरेर बुधबार नै जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ । रासस