Rumpum Advertisement
Dazzu

नेदरल्याण्ड्स र स्पेनले बराबरी खेले

नेदरल्याण्ड्स र स्पेनले बराबरी खेले

विराटनगर, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्स र स्पेनले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा नेदरल्याण्ड्स र स्पेनले १–१ गोलको बराबरी खेलेका हुन् ।

नेदरल्याण्ड्सको मैदान स्पेनले सुरुआती अग्रता बनाएको थियो । खेलको १८औं मिनेटमा सर्जियो क्यानल्सले गोल गर्दै पहिलो हाफभरि स्पेनलाई अग्रता दिलाए ।

४७औं मिनेटमा डोनी भान डी बीकले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । बाँकी रहेको समयमा गोल हुन नसकेपछि दुवैले १–१ गोलको बराबरी खेलेका हुन् ।