Rumpum Advertisement
Dazzu

बात्सुयी चम्किँदा स्वीट्जरल्याण्डमाथि बेल्जियमको जित

बात्सुयी चम्किँदा स्वीट्जरल्याण्डमाथि बेल्जियमको जित

विराटनगर, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले स्वीट्जरल्याण्डमाथि जित दर्ता गराएको छ । बुधबार राति भएको खेलमा बेल्जियमले स्वीट्जरल्याण्डलाई २–१ गोलले हराएको हो ।

बेल्जियमको मैदानमा घरेलु टोलीलाई जिताउन मिची बात्सुयीले दुई गोल गरे । स्वीट्जरल्याण्डका अदमिर मेहमेडीले एक गोल गरे ।

खेलमा स्वीट्जरल्याण्डले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा मेहमेडीले गोल गर्दै स्वीट्जरल्याण्डलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

४९औं मिनेटमा बात्सुयीले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए । ७०औं मिनेटमा उनले दोस्रो गर्दै बेल्जियमको जित सुनिश्चित गरे ।