Rumpum Advertisement
Dazzu

कोरोना रोकथाममा ७ अर्ब बजेट

कोरोना रोकथाममा ७ अर्ब बजेट

विराटनगर, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७।७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा भएको छ ।

प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख तथा आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुपैयाँ निकासा भएको छ । सो विनियोजित रकममा हाई डेपिसेन्सी युनिटका लागि विनियोजित ३ अर्ब २५ करोड समावेश भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो । हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् । देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन् । मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ । आजको राजधानी दैनिकमा समाचार छ