Rumpum Advertisement

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख बढी

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख बढी

विराटनगर, २७ कात्तिक । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख बढी रहेको छ ।

एक करोड ४४ लाख ६७ हजार तीन सय ५२ जना सक्रिय संक्रमितमध्ये ९४ हजार सातसय ३८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन छ लाख दुई हजार दुई सय ५९ जना नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या पाँच करोड २४ लाख १० हजार चार सय ३२ पुगेको छ ।

संक्रमितमध्ये १२ लाख ८८ हजार सात सय १२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ९७ जनाको मृत्यु भयो । तीन करोड ६६ लाख ५४ हजार तीन सय ६८ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा सक्रिय संक्रमितको संख्या ३८ लाख १२ हजार छ सय ११ रहेको छ । ती मध्ये १८ हजार छ सय ५८ जनाको अवस्था गम्भीर छ । एक लाख ३६ हजार चार सय सात नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या एक करोड सात लाख दुई जार दुई सय २९ पुगेको छ ।

संक्रमितमध्ये दुई लाख ४७ लाख दुई सय ६८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ४९ जनाको मृत्यु भयो । संक्रमण पुष्टि भएका ६६ लाख ४२ हजार तीन सय ५० जनाको उपचार सम्भव भएको छ ।

भारतमा चार लाख ९१ हजार तीन सय २७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । एकै दिन ४८ हजार दुई सय ८५ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ ।

एक लाख २८ हजार एक सय ६४ संक्रमितको ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय ४९ जनाको मृत्यु भयो । ८० लाख ६४ हजार पाँच सय ४८ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु डिस्चार्ज हुँदै घर फर्किएका छन् ।

ब्राजिलमा सक्रिय संक्रमितको संख्या पाँच लाख २१ हजार दुई सय ५७ रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन ४७ हजार सात सय २४ जना नयाँ बिरामी थपिएपछि जम्मा संक्रमितको संख्या ५७ लाख ४९ हजार सात पुगेको छ ।

संक्रमितमध्ये एक लाख ६३ हजार चार सय छ जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच सय ६४ जनाले ज्यान गुमाए । संक्रमितमध्ये ५० लाख ६४ हजार तीन सय ४४ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ