Rumpum Advertisement
Dazzu

रियल मड्रिडका पूर्वखेलाडी गागोद्वारा सन्यासको घोषणा

रियल मड्रिडका पूर्वखेलाडी गागोद्वारा सन्यासको घोषणा

विराटनगर, २६ कात्तिक । रियल मड्रिडका पूर्वमिडफिल्डर फर्नान्डो गागोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनी खेलाडी गागोले चोटका कारण ३४ वर्षको उमेरमा सन्यासको घोषणा गरेका हुन् ।

गागोले अर्जेन्टिनी टोलीबाट १० वर्ष खेल्दै २०१७ मै सन्यास लिएका थिए । उनले राष्ट्रिय टोलीबाट ६१ खेल खेलेका छन् । यस्तै उनले रियलका साथै बोका जुनियर्स, रोमा, भ्यालेन्सिया, भ्यालेन्सिया र भेलेज सर्सफिल्डबाट खेलेका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् चोटका कारण खेल जीवनबाट सन्यास लिनुपरेको बताए ।

उनले भावुकता पोख्दै लेखेका छन्, ‘मैले आफ्नो व्यवसायिक खेल करिअर समाप्त गर्ने निर्णय लिएको छु । १५ वर्षे खेल जीवनबाट म सन्तुष्ट थिएँ । मैले बाल्यकालको सपना पूरा गरेँ र जिन्दगीबाट भरपुर आनन्द लिएँ । तर, ममाथि कठिन अवस्था आयो । पछिल्ला केही वर्ष मैले चोटसँग गुज्रिनु परेको कारण सन्यास लिने निर्णय गरेको हुँ ।’