Rumpum Advertisement
Dazzu

सेन्ट्रल बजारलाई दुई लाख जरिवाना

सेन्ट्रल बजारलाई दुई लाख जरिवाना

विराटनगर, २६ कातिक । विराटनगरस्थित मेनरोडमा रहेको सेन्ट्रल मल भित्र रहेको ‘सेन्ट्रल बजार’लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ । खरिद गरेको मूल्यभन्दा दोब्बर मुनाफा राखेर काजु बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

बजारमा बिक्रीमा राखिएमा काजुमा १ सय ११ प्रतिशतभन्दा बढी मुनाफा राखी बिक्री गरेको भेटेपछि टोलीले बुधबार २ लाख रुपैयाँ जरिवाना गरेको हो ।  

अनुगमन टोलीले बजारले १ हजार १ सय ६५ रुपैयाँ प्रतिकेजी खरिद गरेको काजु २ हजार २ सय ५० रुपैयाँ प्रतिकेजी भेटिएपछि कारवाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

विराटनगर-७ मा रहेको श्रीकृष्ण ट्रेर्डसलाई पनि जरिवाना गरेको छ । श्रीकृष्ण टेर्डसलाई २० हजार जरिवाना  गरेको हो । ट्रेर्डसले तिहारमा प्रयोग गरिने पोष्ता दानामा मिसावट गरेको भेटिएपछि अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना भराएको हो । 

प्रतिक्रिया

Comments are closed.