Rumpum Advertisement

प्रधानमन्त्री ओलीले दोहोर्‍याए : म कुनै पनि हालतमा राजीनामा दिन्नँ

प्रधानमन्त्री ओलीले दोहोर्‍याए : म कुनै पनि हालतमा राजीनामा दिन्नँ

संखुवासभा, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्‍याएका छन् ।

चीनसँग जोडिएको किमाथांकामा सडक पूर्वाधार विकासको प्रगतिबारे अनुगमन गरेपछि सम्बोधन गर्दै उनले पछिल्लो समय (नेकपा) मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘म रहरले प्रधानमन्त्री भएकाे हाेइन । देशकाे आवश्यकता बुझेर, जनताको भोटबाट र जनताको मायाबाट म देशको प्रधानमन्त्री भएकाे हुँ । म जनताको विश्वासले सरकारमा आएको हुँ । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ