Rumpum Advertisement
Dazzu

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी छ : सञ्चारमन्त्री गुरुङ

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा बुधबार आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरूसँग आवश्यक छलफल गरी अघि बढने स्पष्ट पारे ।

हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्दै उनले यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिए ।