Rumpum Advertisement
Dazzu

प्रधानमन्त्री ओली संखुवासभामा दिनभर व्यस्त (फोटो फिचर)

प्रधानमन्त्री ओली संखुवासभामा दिनभर व्यस्त (फोटो फिचर)

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभर संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडाैं फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले चीनसँग जोडिएको किमाथांकामा सडक पूर्वाधार विकासको प्रगतिबारे अनुगमन गरेका थिए । यस्तै उनले संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको पनि अनुगमन गरे ।

सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्रीका साथमा भाैतिक याेजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सांसदहरू राजेन्द्र गाैतम, परशुराम मेघी गुरूङ, प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी थिए ।