Rumpum Advertisement
Dazzu

ट्युबबाट नदी तरेर भारत प्रवेश गरेका चार नेपाली भारतीय प्रहरीको फन्दामा

ट्युबबाट नदी तरेर भारत प्रवेश गरेका चार नेपाली भारतीय प्रहरीको फन्दामा

बैतडी, २६ कात्तिक । महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत प्रवेश गहेका चार जना नेपालीलाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा भारत प्रवेश गरेको भन्दै बझाङका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

मजदूरीका लागि भारत गएका उनीहरूलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई आज अदालतमा पेश गरिने भएको छ ।