Rumpum Advertisement
Dazzu

कोरोना पोजेटिभको नक्कली रिपोर्ट बनाउने तीन कर्मचारी पक्राउ

कोरोना पोजेटिभको नक्कली रिपोर्ट बनाउने तीन कर्मचारी पक्राउ

बाँके, २६ कात्तिक । कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारिस पर्चाको दुरुपयोग गर्ने ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीसँग शुल्क अशुली गरेको आरोपमा भेरी अस्पताल नेपालगञ्जका कर्मचारीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अस्पतालमा कार्यरत दुई सुरक्षा गार्ड र एक हेल्परले चिकित्सकको हस्ताक्षर कीर्ते गरी नक्कली सिफारिस पत्र बनाएर अन्य बिरामीलाई बेच्ने गरेका थिए ।

उनीहरूले निश्चित रकम अशुली गरेर बिरामीलाई निःशुल्क परीक्षणको सिफारिस भिडाउने गरेका थिए । यसैगरी उनीहरूले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभसमेत बनाउँदै आएको भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जनाए ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कति जनालाई रिर्पोट दिए वा घटनामा अन्य व्यक्ति संलग्न भए नभएको बारेमा समेत अनुसन्धान चलिरहेको खड्काले जानकारी दिए ।