Rumpum Advertisement

निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन सकिँदैन : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन सकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडाैं, २६ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन् ।

उनले कोभिडले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्र बिना सम्भव नभएको बताए ।

त्यसैले अहिलेको प्रतिकूल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको बताए ।

यस्तै सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए ।

सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टिमुलस प्याकेजहरू कार्यान्वयनको चरणमा रहेको पनि उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरू घटाउन माग गरे ।सरकारले राजस्वका दरहरू घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजश्वको आकारसमेत बढ्ने भएकाले छिटोभन्दा छिटो राजश्वका दरहरु घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

करका दरहरू उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरूको अवैध आयात हुने गरेको व्यवसायीहरूले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि करलगायतका करका दरहरूमा सुधार आवश्यक रहेकोतर्क व्यवसायीहरूको छ ।   
 

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ