Rumpum Advertisement
Dazzu

क्युरा हेल्थ सञ्चालनमा, घरबाटै ओपीडी सेवा लिन सकिने

क्युरा हेल्थ सञ्चालनमा, घरबाटै ओपीडी सेवा लिन सकिने

विराटनगर, २६ कात्तिक । कोरोनाको महामारीमा अस्पतालमा हुने चापलाई कम गर्ने उद्देश्यले क्युरा हेल्थ सञ्चालनमा आएको छ । क्युरा हेल्थ मोबाइल एप्लिकेशनको माध्यमबाट स्वास्थ्यसम्बन्धी परामर्श लिन सकिने छ ।

यसको माध्यमबाट आफूले चाहेको डाक्टर, क्लिनिक तथा अस्पतालमा आफ्नो समयअनुसार भेटको लागि समय मिलाउन सकिने क्युरा हेल्थले जानकारी गराएको छ ।

क्युरा हेल्थको दुईवटा एप्लिकेशन छन् । क्युरा हेल्थ सर्वसाधारणको लागि हो भने ‘क्युरा हेल्थ डक्टर’ चिकित्सकहरूका लागि हो ।

क्युरा हेल्थको प्रयोगबाट बिरामीले खोजेको अस्पताल वा डाक्टरसँग समय लिन सक्नेछन् । घरमै बसेर डाक्टरसँग भेट गर्न सकिन्छ ।

एप्लिकेशनले निजी, सरकारी अस्पतालका र निजी क्लिनिक तथा डाक्टरससँगको सहकार्यमा सञ्चालनमा ल्याइएको आयुष भगतले बताए ।

क्युरा हेल्थ एप्लिकेसनमा रहेको टेलिमेडिसिन सुविधाले बिरामीले घरमै बसी अडियो तथा भिडियो कलको माध्यमबाट आफूले चाहेको अस्पताल वा चिकित्सकसँग परामर्श लिन सक्नेछन् ।

हाल क्युरा हेल्थले विराटनगरस्थित विराटनगर अस्पताल, लाइफ गार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरेको छ ।