Rumpum Advertisement
Dazzu

सर्वोच्चद्वारा वामदेवलाई अन्तरिम आदेश दिन अस्वीकार : मन्त्री बन्ने बाटो खुल्यो

सर्वोच्चद्वारा वामदेवलाई अन्तरिम आदेश दिन अस्वीकार : मन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धी मुद्दाको आइतबार सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनलाई मन्त्री बन्ने बाटो खुला भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशसँगै गौतमलाई मन्त्री बन्न कानूनी अड्चन हटेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी नहुने बताएपछि अब उनी राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न सक्ने छन् ।