Rumpum Advertisement
Dazzu

इटालियन फुटबल महासंघद्वारा नापोलीको अपिल खारेज

इटालियन फुटबल महासंघद्वारा नापोलीको अपिल खारेज

विराटनगर, २५ कात्तिक । इटालियन फुटबल महासंघले नापोलीको अपिल खारेज गरेको छ । स्थगित सो खेलमा सिरी ‘ए’ले युभेन्टसलाई ३–० गोलको जित प्रदान गरेपछि नापोलीले इटालियन फुटबल महासंघमा अपिल गरेको थियो ।

आफूहरूलाई सो नतिजा मान्य नहुने बताउँदै नापोलीले गरेको सो अपिल महासंघले खारेज गरेको हो । महासंघले कम्तिमा एक गोलकिपर र १३ खेलाडी उपलब्ध भएमा खेल खेल्न सकिने जनाउँदै नापोलीको अपिल खारेज गरेको हो ।

सिरी ‘ए’को नयाँ सिजनको सुरुआतमा नापोलीविरुद्धको स्थगित खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्टसलाई ३–० गोलको जित प्रदान गरिएको थियो । सिरी ‘ए’ अन्तर्गत ४ अक्टोबरमा युभेन्टस र नापोलीले टुरिनमा खेल्ने तय भएको थियो ।

तर, आफ्ना खेलाडीद्वय पाइट्र जिलिन्स्की र इल्जिफ एल्माससहित स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि नापोलीले युभेन्टसविरुद्ध खेल्न अस्वीकार गरेको थियो । युभेन्टस भने सो खेलका लागि एक घण्टाअघि नै मैदान उत्रिएको थियो ।

उसले नापोलीविरुद्धको सुरुवाती ११ पनि सार्वजनिक गरेको थियो । तर, अन्तिम समयमा नापोलीले आफ्ना खेलाडीमा कोरोना पोजिटिभ देखिएको र उनीहरू आइसोलेशनमा रहेका कारण खेल्न अस्वीकार गरेको थियो ।

विज्ञप्ति जारी गर्दै युभेन्टससँगको खेल खेल्न नसक्ने जनाएको थियो । नापोलीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीले नापोलीलाई टुरिन भ्रमणको अनुमति दिएको थिएन ।