Rumpum Advertisement

आज एकै दिन २६ संक्रमितको मृत्यु

आज एकै दिन २६ संक्रमितको मृत्यु

विराटनगर, २६ कात्तिक । नेपालमा बुधबार थप २६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट ज्यान गएको हो ।

यससँगै मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

यता, कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । बुधबार थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

बुधबार थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ