Rumpum Advertisement
Dazzu

बुधबार थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त

बुधबार थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त

विराटनगर, २६ कात्तिक । बुधबार थप १६ सय ६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।

यता, कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । बुधबार थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट ज्यान गएको छ ।