Rumpum Advertisement
Dazzu

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

विराटनगर, २६ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई लाख नाघेको छ ।

बुधबार थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

बुधबार थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट ज्यान गएको छ ।