Rumpum Advertisement
Dazzu

गौरब र मेनुकाको ‘साइली’ युट्युबमा (फिल्मसहित)

गौरब र मेनुकाको ‘साइली’ युट्युबमा (फिल्मसहित)

विराटनगर, २६ कात्तिक । अभिनेता गौरब पहारी र अभिनेत्री मेनुका प्रधानको ‘साइली’ युट्युबमा सार्वजनिक भएको छ ।

फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गत वर्ष हलमा रिलिज भएको फिल्मलाई नजिकिँदै गरेको तिहारको छेको पारेर सार्वजनिक गरिएको हो । कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि राम्रो फिल्म हेर्न नपाएका र दर्शकले पनि लामो समयदेखि प्रतिक्षा गरेका कारण युट्युवमा रिलिज भएको २४ घण्टा नवित्दै ‘साइली’ ट्रेन्डिङमा समेत पर्न सफल भएको छ ।

युट्युबमा सार्वजनिक यो फिल्मले छोटो समयमै ६ लाखभन्दा बढी भ्यूज पाएको हो । फिल्मलाई ३० हजार बढीले लाइक गरेका छन् भने ९ सयले मात्र डिसलाइक गरेका छन् । फिल्ममा दर्शकहरूले पनि राम्रो प्रतिक्रिया दिएका छन् । माया प्रेम, परिवारमा गरिबीले उत्पन्न हुने समस्यालाई फिल्ममा देखाइएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा गौरब र मेनुकाका साथै दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।