Rumpum Advertisement
Dazzu

१७ वर्षे बेलिंघम इंग्ल्याण्डको राष्ट्रिय टोलीमा

१७ वर्षे बेलिंघम इंग्ल्याण्डको राष्ट्रिय टोलीमा

विराटनगर, २६ कात्तिक । इंग्ल्याण्डले जर्मन क्लब बोरुसिया डर्टमुण्डका युवा मिडफिल्डर जुडे बेलिंघमलाई राष्ट्रिय टोलीमा समावेश गरेको छ । इंग्ल्याण्डको यु–२१ को टोलीबाट खेल्दै आएका १७ वर्षीय बेलिंघम पहिलो पटक सिनियर टोलीमा परेका हुन् ।

मिडफिल्डरद्वय जेम्स वार्ड–प्रज र ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड घाइते भएर टोलीबाट बाहिरिएपछि बेलिंघमले मौका पाएको हो । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउगथेटले रिपब्लिक आयरल्याण्ड, बेल्जियम र आइसल्याण्डसँगको खेलका लागि उनलाई टोलीमा बोलाएका हुन् ।

इंग्ल्याण्डले बिहीबार राति आयरल्याण्डसँग खेल्दैछ भने त्यसको तीन दिनपछि बेल्जियमसँग खेल्दैछ । बेलिंघम यसै सिजन बिर्मिन्घम सिटीबाट डर्टमुण्ड आएका हुन् ।